४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरले डिप बोरिङ मर्मत गर्ने



माघ ११, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिको विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ डीप बोरिङको मर्मत गर्न सुरू गरेको छ ।

डीप बोरिङ मर्मत गर्न उपमहानगरपालिकाले भारतको बहराइचबाट दक्ष मेकानिक झिकाएको छ । बोरिङ मर्मत र सञ्चालन गर्न उपमहानगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरप्रमुख डा. धवलशम्शेर राणाले पहिलो चरणमा ३ वटा डिप बोरिङ मर्मत गरी सञ्चालनमा ल्याइने र त्यसको परिणाम हेरेर मात्र अन्य बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउने बताए ।

उनका अनुसार, बाँकेका विभिन्न स्थानमा अहिले १ सय २ डिप बोरिङ अलपत्र छन् । साथै नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै ३८ बोरिङ अलपत्र अवस्थामा छन् ।

मर्मत गर्न लागिएको अधिकांश डीप बोरिङको ट्रान्सफर्मर र महत्वपूर्ण पार्टपूर्जा चोरी भइसकेको छ । उपमहानगरपालिकाले डिप बोरिङ सञ्चालन गरेपछि कृषक समूहलाई हस्तान्तरण गर्नेछ । करीब २० वर्ष अगाडि सञ्चालनमा आएर असुरक्षाका कारण प्रयोगविहीन भएका ती डिप बोरिङ मर्मत गरेर एक महीनाभित्र सञ्चालनमा ल्याइनेछ ।

“डिप बोरिङ सञ्चालन भएपछि नेपालगञ्जको कृषि विकासमा क्रान्ति नै आउनेछ,” नगरप्रमुख राणाले भने, “एउटा डिप बोरिङबाट झण्डै ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ ।” यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको राणाले बताए । रासस

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार ००:००