४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा प्राङ्गारिक कृषि नमूना कार्यक्रम



माघ ९, सुर्खेत , कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘अर्गानिक कृषि मोडल कार्यक्रम’ लागू गरेको छ ।

अर्गानिक कृषि प्रविधिको विस्तार तथा विषादीरहित कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने उद्देश्यले मन्त्रालयले कार्यक्रम थालेको हो । गत वर्ष फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्न रैथाने बालीको संरक्षण गर्दै आवश्यक आधार खडा गर्ने निर्णय गरेको थियो ।

सरकारले रासायनिक मल विषादीरहित खेती प्रणाली अपनाएका, एकीकृत कृषि फार्म सञ्चालन गरेर कम्तीमा वार्षिक २५ लाख रुपैयाा कारोबार गरेका, बाली तथा पशु बिमा गरेका, कम्पोष्ट मल र गोठेमल उत्पादन तथा प्रयोग गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार १० रोपनी क्षेत्रफलमा खेतीबाली गरेको हुुनुपर्ने, कम्तीमा १० गाईभैँसी, १ सय भेडाबाख्रा र ३ सय लोकल कुखुरापालन गरेका कृषकलाई अनुदान दिने व्यवस्था गरिएको छ । “कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रबाट प्रस्ताव माग गरेका छौं, थापाले भने, “कार्यविधिबमोजिम आएका प्रस्तावलाई मोडल कार्यक्रमअन्तर्गत छनोट गरी कम्तीमा ३ वर्षसम्म बजेट विनियोजन गर्ने योजना छ ।”

स्वीकृत कृषक÷समूहले अर्गानिक कृषि प्रविधि तथा उत्पादन सामग्री सहयोगमा अनुदान पाउनेछन् । लोप हुन लागेका चिनो, कागुनोजस्ता रैथाने बालीको उत्पादन एवं प्रवद्र्धन गर्न ७५ प्रतिशत अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रका कृषि प्राविधिकलाई थप दक्ष बनाएर ‘अर्गानिक इन्सपेक्टर’ का रुपमा कार्यक्रममा परिचालन गरिने छ । रासस

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार ००:००