१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि र पशुपालनमा मङ्गला गाउँपालिकाले अनुदान दिने



माघ ८, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिकाले कृषि र पशुपालनमा लागेका गाउँपालिकाभित्रका किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आव २०७५र७६ को स्वीकृत बजेटअन्तर्गत सोमबार सार्वजनिक गरेको कार्यक्रममा कृषिमा ५० प्रतिशत र पशुपालनका लागि शतप्रतिशत अनुदानको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार कृषिमा कूल लागतको ५० प्रतिशत अनुदान गाउँपालिकाले उपलब्ध गराउने र बाँकी कृषक वा कृषक समूहले व्यवस्था गर्नुपर्ने छ । कृषितर्फ प्लाष्टिकको टनेल (सुरुङ), प्लाष्टिक पोखरी, मकै र च्याउको बिउमा कृषकले ५० प्रतिशत अनुदान पाउनेछन् ।

त्यसैगरी पशुपालनमा शतप्रतिशत अनुदानको व्यवस्था गरिएको छ । कृषकले भैँसीको सुत्केरी भत्ता, व्यावसायिक गाई भैँसी फार्म सुदृढीकरण तथा जातीय सुधार र गाईभैँसीको नमूना गोठ निर्माणका लागि शतप्रतिशत अनुदान पाउने गौतमले जानकारी दिए । रासस

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार ००:००