६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश र स्थानीय सेवा ऐनका लागि मापदण्ड तयार



माघ ७, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘प्रदेश निजामती सेवा ऐन’ र ‘स्थानीय सेवा ऐन’ बनाउन मापदण्ड तयार पारेको छ ।

प्रदेश र स्थानीय तहले आ–आफ्नो ऐन बनाउनुपर्ने भएकाले सो ऐनका लागि आवश्यक मापदण्ड मन्त्रालयले तयार पारेको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृत लिएर उक्त मापदण्ड तयार पारेको हो ।

मापदण्डका आधारमा प्रदेश र स्थानीय तहले आ–आफ्नो ऐन बनाउने सचिव थपलियाले बताए । उनका अनुसार मापदण्डमा प्रदेश र स्थानीय तहले कर्मचारी भर्ना प्रदेश लोकसेवाबाट गर्नुपर्ने, सबै स्थानीय तहलाई एकीकृत प्रणालीमा राखिएको, प्रदेशभित्र रहेका स्थानीय तहका कर्मचारीको सरुवा एक स्थानीय तहबाट अर्कोमा हुने, कुनकुन तहमा खुला र बढुवा राख्ने जस्ता कुरा समेटिएका छन् ।

प्रदेश ऐनमा प्रदेश किताबखाना समेत रहने व्यवस्था गरिएको छ । प्रदेश मातहतका कार्यालयको सरुवा बढुवा प्रदेश मन्त्रिपरिषद्ले गर्ने उल्लेख समेत गरिएको उनले बताए । यसैगरी मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयक स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाएको छ । रासस

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार ००:००