१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकट वडालाई सडक सञ्जालसँग जोड्दै उपमहानगर

लेखक स्थानीय खबर ६ माघ २०७५, आइतबार १ मिनेट पढाइ

माघ ६, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ ।

तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पु¥याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजना अनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले सडक सञ्जाल नपुगेका विकट गाउँलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । धनुवासदेखि सल्यानको मखनटाकुरी जोड्ने सडक सञ्जालको शनिबार शुरुआत गर्दै नगरप्रमुख पाण्डेले सडकलाई समृद्धिसँग जोड्न जनताले उद्यममा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले विकट वडाका जनतालाई लक्षित गरेर तीन एम्बुलेन्स खरीद गरिएको बताउँदै केही दिनमै सञ्चालन गरिने बताए । उपमहानगरपालिकाले धनुवास, रानी टाकुरा, गैरा सिउरे र मखन टाकुरा हुँदै सल्यान जोड्ने सडक निर्माणको काम शुरु गरेको छ ।

सडकको ट्रयाक खोल्ने काम ४० दिनभित्र पूरा हुने उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद वलीले जानकारी दिए । स्थानीयवासी डम्बर अर्यालले २० वर्षदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गरे । रासस

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।