माघ ४, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो ।
सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउन ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको उनले बताइन् । “सूचना अटेर गरी त्रिशूलीमा फोहर फ्याँकेको पाइएमा प्रचलितअनुसारको कानूनी कारवाही गरिनेछ,” उनले भनिन् ।
गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ । “फोहर सङ्कलन गर्न सवारीसाधनका लागि बोलपत्र आह्वान गरिएको छ,” उनले भनिन् । १० वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिई फोहर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । रासस

प्रतिक्रिया