१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्धि सहितको विकासः मुख्यमन्त्री पौडेल



माघ ४, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंक (एडीबी) द्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ र त्यसका उपलब्धि के के हुन् भनेर अध्ययन गर्नुपर्ने उनले बताए ।

एडीबीद्धारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

जनताको समस्या धेरै रहेकाले हरेक आयोजना गरीबी अन्त्य गर्ने खालको हुनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकारले समृद्धिसहितको विकास चाहेको बताउँदै हरेक विकासको कदम समृद्ध नेपाल सुखी नेपाली बनाउनेतर्फ अग्रसर हुनु पर्नेमा जोड दिए ।

उनले ३ नं. प्रदेश सरकारको आर्थिक वृद्धिदर ९ प्रतिशत पु¥याउन तर्फ आफूहरू अग्रसर रहेको पनि उनका दाबी छ ।

कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल तथा प्रदेश ३ का स्थानीय तहका प्रमुखहरूको उपस्थिति थयो । रासस

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार ००:००