३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकासनिर्माणको अनुगमन गर्दै महानगर प्रमुख पराजुली



माघ ३, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन गर्न लागेका छन् । शुरु भएका विकास निर्माणका काम समयमै सम्पन्न गर्न र भइरहेका कामको गुणस्तर जान्नका लागि अनुगमनलाई तीव्रता दिएका हुन् ।

अहिले नगर क्षेत्रमा दर्जनौ सडक, ढलसहित नालाका काम र कालोपत्रे गर्ने काम सञ्चालित छन् । विकासका काममा बिजुलीको खम्बा मुख्य बाधकका रुपमा देखा परेको प्रमुख पराजुलीले अनुगमनका क्रममा बताए । कतिपय स्थानमा जग्गा विवादले समेत सडक निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ थियो । विराटनगरको विकास क्षेत्रीय विकास परियोजना अन्तर्गत भइरहेको बताइएको छ ।

विराटनगर ७ को शहीद मैदानछेउको सडक, नेपाल टेलिकमछेउको गोहिलीमार्ग, मोतीरामचोक छेउबाट जोडिएको बाटो, वडा नं ८ इन्द्रमार्गको मधुमारापथ, भगवतीमार्ग, व्यासाश्रम मार्ग, भक्तिमार्ग, भगवतीचोक, धरमबाद रोड, वडा नं ९ को चुलाचुलीमार्ग, न्यूरोमार्ग र वडा नं १० को शाहीमार्ग, प्रतिभामार्ग, सोमबारे हाट छेउ लगायत विभिन्न स्थानमा बनिरहेका सडक निर्माण कहिले सकिन्छ भनेर महानगर प्रमुख पराजुलीले आयोजनाका परामर्शदाता र इञ्जिनीयरसँग समयसीमा किटानी लिएका छन् ।

प्रमुख पराजुलीले विकासमा अब ढिलाइ गर्न नहुने भएकाले निर्माण व्यवसायीलाई सक्रियता देखाउन निर्देशन पनि दिए । अनुगमनका क्रममा कन्सलटेण्ट इञ्जिनीयर हरेकृष्ण मण्डलले नगर क्षेत्रका अधिकांश सडक निर्माणको अन्तिम अवस्थामा रहेको जानकारी दिए । अनुगमनमा वडाध्यक्ष निश्चल अर्याल, मधुबाबु तिवारी, विश्वनाथ भगत र माधवराज वाग्ले तथा इञ्जिनीयर भरत न्यौपाने र घनश्याम काफ्ले लगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००