१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वर नगरपालिकामा स्वास्थ्यचौकी भवन निर्माण



माघ ३, काठमाडौं । तारकेश्वर नगरपालिका १ साङ्ला लखन टोलमा मा पाँच करोडको लागतमा स्वास्थ्यचौकी भवन बनेको छ ।

नेपाल सरकारको पाँच करोडको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन बनेको नगर स्वास्थ्य शाखा प्रमुख अरुण गिरीले बताए ।

पैँतीस कोठा भएको साढे दुईतले भवनमा प्रशासन, जनस्वास्थ्य, बिरामी उपचार, औषधि भण्डार, शैया र आवास रहने छुट्टाछुट्टै कक्ष छन् । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो ।

भवन हस्तान्तरणपछि यसै हप्तादेखि नयाँ भवनबाट सेवा शुरु गरिने प्रमुख गिरीले बताए । यसअघि स्वास्थ्यचौकी साविक साङ्गलामा पाँच कोठाको भवनबाट सञ्चालन हुँदै आएको थियो । लामो समयको प्रतीक्षापछि स्वास्थचौकीको नयाँ भवन निर्माण भएकामा तारकेश्वरवासी उत्साहित भएको तारकेश्वर ९ का वडाध्यक्ष बलराम सिटौलाले बताए । रासस

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार ००:००