४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्षमा पनि बनेन



माघ २, परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ ।

वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ । विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गरेका थिए । ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको सरावल ७ का वडाध्यक्ष ह्रयात खाँ बताउछन् ।

उनले भने, “ठेकदारले बीचमै काम छाडेर गएको छ, हामीले पुल निर्माणका लागि पटकपटक पहल गर्दैआएका छौँ । ठेकेदारले बेवास्ता गर्दै आएको छ ।” कूल तीन करोड ६६ लाखको लागतमा बन्ने उक्त पुलको अहिलेसम्म चार पिल्लर मात्र ठड्याइएको छ । रासस

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ००:००