८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिकाः दूधेखोला–भकिम्ली सडक स्तरोन्नति थालियो



माघ २, म्याग्दी । ट्र्याक खुलेको एक दशकपछि बेनी नगरपालिका ३ दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नति थालिएको छ ।

भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हुँदै मुसुङ्ग जोड्ने १३ किलोमिटर सडकलाई बेनी नगरपालिकाले स्तरोन्नति गर्न लागेको हो ।

बेनी नगरपालिकाले विनियोजन गरेको ३३ लाख ७७ हजार अनुदान तथा स्थानीयवासीको पाँच लाख ९६ हजार बराबरको जनश्रमदानमा सडकको स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष सोचेन्द्र रोकाले बताए ।

पहिलो चरणमा डोजर प्रयोग गरी सडक फराकिलो बनाइएको छ । “अब ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्ने काम गछौँ,” वडा सदस्य गेमप्रसाद घर्तीले भने, “आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य छ ।” तीन मिटर चौडाइ सडकलाई चार मिटरभन्दा बढी फराकिलो बनाउन थालिएको छ । पहिरो र भुक्षयको जोखिम रहेको १३६ स्थानमा पर्खाल निर्माण गरिने छ ।

सडकको स्तरोन्नति पछि भकिम्लीका बासिन्दालाई आवतजावत गर्न, सामान ढुवानी गर्न, कृषि उपज निकासीमा सहज हुनुका साथै स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटक भित्रयाउन सहयोग पुग्ने वडाध्यक्ष पदम पुन बताउछन् ।

गत वर्ष बेनी नगरपालिकाको २४ लाख १२ हजार अनुदान तथा स्थानीयवासीको चार लाख २८ हजार बराबरको श्रमदानमा हल्लेगौडा भीरमा सडक ढलान, ५४ ठाउँमा पर्खाल निर्माणका साथै सडक विस्तार गरिएको थियो । सडक स्तरोन्नति गरिए बाह्रैमास सवारीसाधन गुडाउन सकिनेछ । रासस

प्रकाशित मिति : २ माघ २०७५, बुधबार ००:००