१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाका अध्यक्षको तलब भत्ता सामाजिक क्षेत्रमा



माघ १, बेझाड । पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफूले पाउने तलब भत्ता सामाजिक क्षेत्रमा खर्चने भएका छन् ।

अध्यक्ष बस्यालले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रको विकास, विपन्न र बोटे समुदायका बालबालिकाको पठनपाठन, गरीब, असहाय परिवारको औषधि उपचारमा सहयोग गर्दै आएका छन् ।

बस्यालले आव २०७४÷७५ को आफूले पाएको तलबबाट गाउँपालिकाभित्र रहेका विपन्न वर्गका विद्यार्थी, बोटे समु्दायका गरीब, असहायलाई न्यानो कपडा र लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असहाय बिरामीको औषधि उपचारमा सहयोग गरेका छन् ।

उनले वडा नं २ पोखराथोकको जनता प्राथमिक विद्यालय र ३ को नारायण प्राथमिक विद्यालयका विद्यार्थीलाई जाडोको न्यानो कपडा र वडा नं २ पोखराथोक बस्ने क्यान्सर रोगबाट पीडित एक युवालाई उपचार खर्चबापत दश हजार सहयोग गरेका छन् ।

दर्पुकमा रहेका बोटे समुदायका २५ घरपरिवारलाई १२ हजार बराबरको कम्बल सहयोग, गाउँपालिका ९ का आठ घर र दुई विपन्न घरपरिवारलाई बाख्रा पैँचो कार्यक्रमका निम्ति ५० हजार सहयोग गरेको उनले बताए । रासस

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार ००:००