३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका आठ स्थानीय तह बारुणयन्त्र विहीन



माघ १, बैतडी । बैतडीका आठ स्थानीय तह बारुणयन्त्र विहीन रहेका छन् । १० स्थानीय तह रहकामा मेलौली र पुर्चौडी नगरपालिका तथा दोगडाकेदार, डिलाशैनी, सुर्नया, सिगास, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा दमकल छैन ।

आकस्मिक रुपमा आगलागी हुँदा निभाउने यन्त्र नभएपछि समस्या हुने गरेको छ । दमकल अत्यावश्यक भएपनि बजेट अभावमा यो वर्ष खरीद गर्न नसकेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । अगामी वर्षका बजेटमा दमकल किन्नका लागि बजेट विनियोजनका लागि पहल थालिने उनले बताए ।

जिल्लाको दशरथचन्द र पाटन नगरपालिकामा भने दमकल रहेका छन् । नगरपालिकामा दमकल भएकाले आगलागी हुँदा पनि ठूलो क्षति हुनबाट बच्न सजिलो भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । आगलागीबाट वर्षेनी ठूलो धनमालको क्षति हुँदै आएको र नियन्त्रणमा दमकलले सहयोग प¥याएको उनले बताए ।

अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । दमकल खरीदका लागि बैतडीका सबै स्थानीय तहका प्रमुखलाई आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । बैतडीका चार नगरपालिका ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । रासस

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार ००:००