७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ नं. प्रदेशमा बजेट तथा स्रोत समिति गठन



पुस ३०, हेटौँडा । ३ नं. प्रदेशको प्रदेश नीति तथा योजना आयोगले बजेट तथा स्रोत समिति गठन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको आयोगको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटा छन् ।

यसैगरि प्रदेश नीति तथा योजना आयोगका सदस्य, मुख्यमन्त्री कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयका प्रमुख र प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई सदस्य चयन गरिएको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका बजेट योजना कार्यक्रम महाशाखाका प्रमुखलाई सदस्य सचिव चयन गरिएको आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकरी दिए ।

सोमबार बसेको अर्को बैठकले उपाध्यक्ष देवकोटाको अध्यक्षतामा आवधिक योजना तर्जुमा समिति गठन गरेको छ । प्रदेशको आवधिक योजना आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन आवधिक योजना तर्जुमा समिति गठन गरिएको छ ।

समितिमा आयोगका सदस्य, मुख्यमन्त्रीको कार्यालय तथा सबै मन्त्रलयका सचिव सदस्य रहने एवं आयोगका सचिव, सदस्य सचिव रहने आयोगका शाखा अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार ००:००