१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किताबखानामा अद्यावधिक नभएकाले फारम भर्न पाउने



पुस ३०, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ ।

समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीले समेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।

यसअघि अनिवार्यरुपमा विवरण अद्यावधिक गरेरमात्र मन्त्रालयले फाराम भर्न निर्देशन दिएको थियो । उनले कर्मचारीको व्यक्तिगत विवरण आवेदन दिने समयसीमाभित्र पनि अद्यावधिक भइनसकेका भए तापनि हालको विवरणलाई आधार मानेर समायोजनका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।

समायोजनका लागि कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराउनुपर्ने हुन्छ ।

किताबखानामा मोबाइल नम्बर अद्यावधिक नभएका कर्मचारीले मोबाइलबाट प्राप्त हुने कोडको सट्टा सफ्टवेयरले मागेको विवरण भरी समायोजनका लागि आवेदन दिनसक्ने उनले जानकारी गराइन् ।

निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीका अनुसार अहिलेसम्म करीब ३४ हजार ५०० कर्मचारीले विवरण अद्यावधिक गराएको जानकारी गराए । किताबखानामा करीब ८९ हजार कर्मचारीको विवरण रहेको छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछ । रासस

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार ००:००