१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण गाउँपालिकाको राम्चेमा स्वास्थ्य चौकीको भवन निर्माण



पुस २६, म्याग्दी । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले दुई करोड छ लाख ६९ हजारको लागतमा सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।

मृत सञ्जीवनी निर्माण सेवाले विसं २०७१ पुसमा शुरु गरेको भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले बताए ।

१८ महीनामा सम्पन्न गर्ने सम्झौता भए पनि भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण ढिलाई भएको भट्टचनले बताए । १९ वटा कोठा भएको साढे दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शैया रहने छुट्टा छुट्टै कक्ष छन् ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका थिए । हस्तान्तरण भएपछि यसै हप्ताबाट नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

यसअघि स्वास्थ्य चौकी राम्चेस्थित वडा कार्यालयको दुई वटा कोठाबाट सञ्चालन हुँदै आएको थियो । भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । लामो समयको प्रतिक्षापछि स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएकोमा राम्चेबासी उत्साहित भएका स्थानीय अगुवा फासबहादुर गर्बुजाले बताए । रासस

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार ००:००