४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुटवल उपमहानगरपालिकाः नगरसभामा चार विधेयक प्रस्तुत



पुस २५, बुटवल । बुटवल उपमहानगरपालिकाको आजदेखि शुरु भएको चौथो नगरसभाको प्रथम बैठकमा चार विधेयक प्रस्तुत भएका छन् । बैठकको शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयक प्रस्तुत गर्न अनुमति दिएसँगै ती विधेयक प्रस्तुत भएका हुन् ।

नगरसभामा प्रस्तुत विधेयकमध्ये उपप्रमुख गुमादेवी आचार्यले न्यायिक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक, २०७५ र सामाजिक समिति संयोजक सीताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक, २०७५ प्रस्तुत गरे ।

यस्तै आर्थिक विकास समितिका संयोजक टङ्कप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) प्रस्तुत गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए । नगरसभाको अर्को बैठक यही पुस २९ गते आइतबार बस्नेछ । रासस

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार ००:००