१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौपायले अन्नबाली नष्ट गरेपछि गौशाला निर्माण गरिदै



पुस २४, लमही । दाङ तुलसीपुर उपमहानगरपालिका ७ ले गौशाला निर्माण गर्ने निर्णय गरेको छ । ‘चौपायले दश बिघा क्षेत्रफलको बाली नष्ट’ शीर्षकको समाचार प्रकाशित भएपछि वडा कार्यालयले सरोकारवालासँग छलफल गरेर गौशाला निर्माण गर्ने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका ७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा सोमबार भएको भेलाले छाडा चौपायाले भर्खरै मात्रै दश बिघा क्षेत्रफलमा लगाएको तोरी, अरहरलगायत अन्नबाली नष्ट गरेको र विगतमा पनि छाडा चौपायाले अन्नबाली नष्ट गर्दै आएकाले छाडा चौपायालाई नियन्त्रण गर्न गौशाला निर्माण गर्ने निर्णय गरेको हो ।

वडा सदस्य, ६१ टोल विकास संस्था तथा अन्य सरोकारवालाको सहभागितामा भएको भेलाले वडामा रहेको सामुदायिक बनको जग्गामा गौशाला निर्माण गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताए ।

साथै गौशालाबाट उत्पादन भएको गोबरबाट ग्यास उत्पादन गर्ने, गाईको गहुँत तथा मूत्र प्रशोधन गरेर विभिन्न औषधि बनाइने तथा जैविक मल प्रयोगमा ल्याउने निर्णय भएको अध्यक्ष केसीले बताए ।

उनका अनुसार गौशाला निर्माणको लागि वडाले दुई लाख बजेट छुट्याउने तथा बाँकी श्रमदान गर्ने निर्णय समेत भएको छ । १५ दिनभित्र काम शुरु हुने समेत उनको भनाइ छ । छाडा चौपायाले वर्षेनी लगाइएको बाली नष्ट गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००