१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राविधिक सहायकको भरमा वडा कार्यालय



पुस २४, बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् ।

वडा सचिवमा नहुँदा पञ्जीकरण लगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक सहायकले गरिरहेका गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन् । उनले भनिन्, “सचिवको अभावमा वडाले गर्नुपर्ने काममा बाधा पुगेको छ ।”

आठ वडा रहेको सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । वडा नं १, ७ र ८ मा सचिव नहुँदा एक सचिवले दुई दुई वडामा काम गर्नुपरिरहेको छ । दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकाका सात वडा सचिवविहीन छन् । पाटन नगरपालिकाको वडा नं ७ र ८ मा सचिव छैनन् भने दशरथचन्द नगरपालिकाको वडा नं ६ र ११ मा सचिव छैनन् ।

यस्तै मेलौली नगरपालिकाका नौ वडामध्ये पाँचमा सचिव नभएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । पञ्चेश्वर गाउँपालिकाका छ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । दश वडा रहेको पुर्चौँडी नगरपालिकामा एउटा वडाबाहेक अन्यमा सचिव छैनन् । दोगडाकेदार गाउँपालिकाका चार वडा सचिवविहीन छन् । कर्मचारी नहुँदा काम गर्न गाह्रो भएको सो गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।

यसैगरी डिलाशैनी गाउँपालिकाका सात वडामध्ये चारमा सचिव छ्रनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकाका गरी ८४ वडा छन् । रासस

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार ००:००