१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न



पुस २३, काठमाडौं । भूकम्पले क्षतिग्रस्त तीन ग्रामीण सडकको २८ किमी पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

निर्माण सम्पन्न भएका सडकमा तेलकोट–घट्टेडाँडा आठ किमी, ठैँब–गोदामचौर २ दशमलव ६ किमी र खोपासी–ढुङ्खर्क १४ किमी काम सकिएको हो ।

तीनै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक एडिबी ले आर्थिक सहयोग गरेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख गणेशराज वस्तीले बताए ।

एडिबीले थप १४ भूकम्पले क्षति पुगेका सडक आयोजना पुनःनिर्माणका लागि सहयोग गरेको छ । चौधवटै सडक आयोजनाको काम चालू आवमा सकिने जनाइएको छ । बाँकी सडक सरकार आफैँले पुनःनिर्माण गर्ने उनले सुनाए ।

गोरखा भूकम्पले ८३ वटा ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पु¥याएको थियो । ३८ वटा सडकको ७०७ किमी पुनःनिर्माण जारी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

भूकम्पले क्षति भएका ४२ वटा सडकको ३१६ किमीको काम शुरु हुन बाँकी रहेको उनले बताए । चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ । आर्थिक वर्ष २०७६/७७ सम्म ८० प्रतिशत र आव २०७७/७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । रासस

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार ००:००