१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई कानूनी अड्चन कायमै



पुस २३, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले २८ वटा कानून र त्यसका लागि आवश्यक कार्यविधि बनाइसक्यो । तर, कर्णाली प्रदेश सरकारले राजस्व बाँडफाँडसम्बन्धी कानून बनाउन ढिलाइ गर्दा अनुदान वितरण गर्न नीतिगत अड्चन देखिएको छ ।

गाउँपालिका महासङ्घका प्रदेश संयोजकसमेत रहेका सिम्ताका अध्यक्ष कविन्द्रकुमार केसीले स्थानीय तहको राजश्व तथा व्ययको अनुमानमा घाटा पूर्ति गर्नेसम्बन्धी कानून नहुँदा समस्या परेको बताए । संविधानअनुसार यो कानून प्रदेश सरकारले बनाउनुपर्ने हो ।

‘राजश्व बाँडफाँड, परिचालन लगायतका विषयमा कानून नबन्दा हामी समस्यामा छौं,’ उनले भने, “सङ्घ र प्रदेशको ढिलाइले कतिपय काममा अझै नीतिगत अड्चन कायमै छन् ।” लेकबेँशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले प्रदेश सरकारले साझा र एकल अधिकारका क्षेत्र र सीमा निर्धारण गरेर कानून बनाउन ढिलाइ गरेको बताए ।

सुर्खेतका अधिकांश स्थानीय तहमा स्रोतको उपयोगसम्बन्धी विवाद देखिन थालेको छ । संविधानको धारा २३५ (३) अनुसार प्रदेश र स्थानीय तहबीच विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने प्रक्रिया र कार्यविधि प्रदेश कानून बमोजिम हुने उल्लेख छ । प्रदेश सरकारले यो कानून पनि बनाउन सकेको छैन ।

संविधानको अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीयका १५ वटा साझा अधिकारका सूची छन् । त्यस्तै, अनुसूची ८ मा स्थानीय सरकारका एकल अधिकारका २२ वटा सूची छन् । रासस

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार ००:००