१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाद्वारा ‘श्वेत गङ्गा हाइड्रोपावर लिखु ३’ निर्माण ठप्प



पुस २२, रामेछाप । लिखु तामाकोशी गाउँपालिका ४ स्थित निर्माणाधीन ‘श्वेत गङ्गा हाइड्रोपावर लिखु–३’ को निर्माण कार्य गाउँपालिकाले ठप्प पारेको छ ।

आयोजनाबाट अति प्रभावित स्थानीयवासीले राखेका माग सम्बोधन नगरेको भन्दै गाउँपालिकाका अध्यक्षसहितको टोलीले निर्माणस्थलमै गएर कामकाज ठप्प पारको हो । निर्माणमा संलग्न कम्पनीले स्थानीय सरकार र स्थानीयवासीसँग सहकार्य गर्न नचाहेको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आरोप लगाए ।

“कम्पनीले स्थानीयवासीको माग सुनवाइ नगरेपछि तत्कालका लागि काम रोक्न भनेको हुँ,” उनले भने । सङ्घर्ष समितिका संयोजक केशर पौडेलले माग सुनुवाइ नगरेपछि काम ठप्प पारिएको बताए ।

श्वेत गङ्गा हाइड्रोपावर कम्पनीका फिल्ड म्यानेजर वसन्त पौडेलले स्थानीयवासीको माग कम्पनीले पूरा गर्न नसक्ने बताए । “कम्पनीको नीति नियममा रहेर गर्न मिल्ने माग पूरा गर्न तयार छौँ,” उनले भने ।

हाइड्रोपावरले वातावरणीय प्रदूषण नियन्त्रण गर्नुपर्ने, अस्पताल निर्माण गर्नुपर्ने, बोर्डिङ स्कूल, आयोजनाका कारण सुक्खा भएको खानेपानीको उचित व्यवस्था, अति प्रभावितलार्ई रोजगारीको व्यवस्था लगायत माग स्थानीयवासीले राखेका छन् । ओखलढुङ्गा र रामेछापको सिमानामा निर्माणधीन उक्त आयोजना २८ दशमलव ५ मेगावाट क्षमताको रहेको छ । रासस

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार ००:००