२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

लेखक स्थानीय खबर २२ पुस २०७५, आइतबार १ मिनेट पढाइ

पुस २२, बैतडी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ ।

सरकारले संवैधानिक रुपमै राष्ट्रिय परिचयपत्र बनाउन खोजेको प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए । सरकारले पाँचथरबाट गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको परिचयपत्र वितरण चालू आर्थिक वर्षमा सात प्रदेशका १५ जिल्लामा वितरण हुन लागेको हो ।

विभागले यसअघि पाँचथरमा एक लाख १० हजार र सिंहदरबारका सात हजार कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिसकेको छ । विभागले चालू आर्थिक वर्षभित्र सात प्रदेशका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको हो । रासस

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।