१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा



पुस २२, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका २३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट ९फोहर प्रशोधन केन्द्र० को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

“अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौँ,” नगरप्रमुख डा धवलशम्शेर राणाले भने, “नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन ।”

अङ्ग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुआती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो । “जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि अब त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउनेछ,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।

एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माणकार्य शुरु भएको हो ।

डुडुवामा समुदाय–प्रहरीको सामाजिक अभियान

सामुदायिक—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा चेतनामूलक अभियान शुरु गरिएको छ । अभियान अन्तर्गत गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सरसफाइ, लागुऔषध दुर्ब्यसन, घरेलु हिंसा लगायतका अपराध र सामाजिक विकृतिविरुद्ध सामाजिक जागरण जगाउने कार्यक्रम शुरु गरिएको छ ।

सो अभियान अन्तर्गत शनिबार गाउँपालिका ४ स्थित डुडुवा पुलको बृहत सरसफाइ गरिएको अध्यक्ष नरेन्द्र चौधरीले बताए । उनका अनुसार, वडा नं ४ र ५ का जनप्रतिनिधि, प्रहरी, सामुदायिक वन, साझेदारी मञ्च, स्थानीयवासीको संयुक्त पहलमा पुलको सफाइ गरिएको हो ।

लामो समयदेखि पुलमाथि माटो जम्नु, खाल्डाखुल्डी भएर फोहर जमेकाले पुल र सडक वरिपरिको सरसफाइ गरिएको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिए । रासस

प्रकाशित मिति : २२ पुस २०७५, आइतबार ००:००