१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट कार्यान्वयनमा लाग्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन



पुस २१, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालू आर्थिक वर्ष बजेट कार्यान्वयन प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको आज सुर्खेतको वीरेन्द्रनगरमा औपचारिक उद्घाटन गर्दै शाहीले सरकारको पहिलो प्राथमिकता बजेट कार्यान्वयन भएको बताएका छन् । चालू आव ०७५÷७६ को बजेट प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिए ।

उनले गोष्ठीमा सहभागी कर्णाली प्रदेशका कृषि तथा पशुसेवाका कर्मचारीलाई सरकारको मर्मअनुसार बजेटको कार्यान्वयनमा इमान्दारिता देखाउन निर्देशन दिए ।

अहिलेको बजेटको प्रभावकारी कार्यान्वयन गरे मात्रै सुशासन र पारदर्शिता कायम हुने उनले जोड दिए ।

कतै बजेट अभाव हुने र कतै बजेटको सदुपयोग नहुने परिपाटीको अन्त्य हुनु पर्नेमा जोड दिँदै काम नहुने योजनाको रकम रकमान्तर गरेर काम गर्ने उनले बताए ।

आवश्यकता महसुस भए मात्रै योजना कार्यान्वयन गन र अध्ययनबाट सम्भावना नदेखिएका योजना कार्यान्वयन नगरिने उनले स्पष्ट पारे ।

कार्यक्रममा उनले कर्णालीको हरेक उत्पादनको पकेट तोकेर कृषिको विकासमा लाग्नुपर्ने बताए । “कर्णालीका हरेक उत्पादनको पकेट क्षेत्र तोक्नुपर्छ । अनि त्यसलाई सबै तिर विस्तार गर्नुपर्छ,”, उनले भने ।

कर्णालीको समृद्धिका लागि पहिलो प्राथमिकता कृषि भएको बताउँदै मउनले प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रदेशलाई ‘अर्गानिक’ प्रदेश बनाउने आधार तय गर्ने निर्णय गरिएको बताए ।

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा कर्णाली प्रदेश १० वटै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख, भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख, मन्त्रालय मातहतका निर्देशनालय तथा विभिन्न कार्यालयका प्रमुखको सहभागिता छ । रासस

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार ००:००