७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुरिनटारमा फोहर ब्यवस्थापन केन्द्र



पुस २१, भरतपुर । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्ग क्षेत्र र मुख्य बजारमा निस्कने फोहर ब्यवस्थापन गर्न फोहर संकलन तथा ब्यवस्थापन केन्द्र स्थापना गरेको छ ।

फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको रूपमा विकास गर्ने उद्देश्यले इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा केन्द्र निर्माण गरेको हो । फोहर ब्यवस्थापन केन्द्र निर्माणको काम सकिएको र पुस महिना भित्रै संचालनमा आउने इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिइन् ।

“फोहर ब्यवस्थापन केन्द्र संचालन पश्चात त्रिशुली नदी र राजमार्ग आसपासको क्षेत्र प्रदुषित हुनबाट रोकिनेछ, अध्यक्ष गुरुङले भनिन्, सुन्दर गाँउपालिका निर्माणका लागी फोहर ब्यवस्थापनलाई बिशेष प्राथमिकतामा राखेका हौं ।”

१३ लाखको लागतमा फोहर ब्यवस्थापन केन्द्र निर्माण गरिएको उनले बताइन् । अहिलेपनि मुग्लिन, कुरिनटार लगायतका बजार क्षेत्र र राजमार्गमा निस्कने फोहर सिधै त्रिशुली नदीमा फाल्ने गरिएको छ ।

दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिएर केन्द्र निर्माण गरिएको हो । केन्द्रको निर्माण पश्चात ईच्छाकामना गाँउपालिकाको राजमार्ग क्षेत्र र मुग्लिन, कुरिनटार, लेवाटार, केवलकार, मौवाखोला, फिस्लिङ्ग, चुम्लिङ्गटार, कुरिनघाट लगायतका क्षेत्रबाट निस्कने फोहरहरु संकलन र व्यवस्थापन गर्दे कच्चा पदार्थका रुपमा बेचेर आम्दानी गर्ने गाँउपालिकाको योजना छ ।

गाँउपालिकाले फोहरलाई कुहिने, प्लाष्टिकजन्य र सिसाजन्य गरी तीन भागमा विभाजन गरी छुट्याउने तयारी गरेको इच्छाकामना गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष गोवर्द्धन अधिकारीले बताए । डम्पिङ्ग पश्चात संकलित फोहरलाई थेग्रीगेसन गर्दै पुनः प्रयोग हुने फोहरलाई विभिन्न प्रशोधित उद्योगहरुमा कच्चा पदार्थको रुपमा बिक्री गरिने अधिकारीले बताए ।

यो प्रविधि प्रयोग गरेका देशका विभिन्न नगरपालिका र गाँउपालिकाले फोहर व्यवस्थापनबाटै शहर सफा गर्नुका साथै राम्रो आम्दानी समेत गरिरहेका छन् । रासस

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार ००:००