९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ः घरबास सञ्चालनसम्बन्धी मापदण्ड बनाइने



पुस २०, भक्तपुर । प्रदेश सरकारले ३ नम्बर प्रदेशमा घरबास सञ्चालनसम्बन्धी मापदण्ड निर्माण गर्ने भएको छ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि घरबासको विकास गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका नगरकोटस्थित बाँस्तोलागाउँ सामुदायिक घरबासमा मापदण्ड निर्माण गर्नेबारे छलफल गर्दै दुईदिने घरवास मापदण्ड तयारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना हेटौडाले आयोजना गरेको कार्यक्रममा सहभागी घरबास सञ्चालकले घरबास विकासका लागि आवश्यक मापदण्ड तयार गर्नेबारेमा बृहत् छलफल गरेका थिए ।

होमस्टे एशोसिएशन नेपालका अध्यक्ष भीमबहादुर केसीले प्रदेशका १३ जिल्लामा एक एक स्थानमा थप नयाँ घरबास चालू आवभित्र सञ्चालन गर्ने तयारी रहेको बताए । अन्तरक्रियाले घरबास सञ्चालन कार्यविधि २०७५, प्रदेश नं ३ को मस्यौदामाथि दफाबार छलफल गरी मन्त्रिपरिषद् बैठकमा लग्ने निर्णय गरेको छ ।

कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्यका पर्यटन उपसमितिका संयोजक कुसुमकुमार कार्की, उपसंयोजक प्रतिमा श्रेष्ठ, प्रदेशसभा सदस्य सरस्वती बाटी लगायतले घरबासलाई व्यवस्थित गर्दै ग्रामीण पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा होसानका केन्द्रीय पदाधिकारी तथा सदस्य, ३ नम्बर प्रदेश स्तरीय घरबास सञ्चालक लगायतको सहभागिता रहेको नगरकोट सामुदायिक घरबासका अध्यक्ष सुरज बाँस्तोलाले जानकारी दिए । रासस

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार ००:००