१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु



पुस २०, ललितपुर । ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षात्को पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ ।

ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटी लगायत स्थानमा फोहर पानी जम्न नदिनका लागि आयोजना सञ्चालनको योजना बनाएका हुन् ।

कूल ४८ करोड लागत रहेको आयोजनाको काम आगामी चैतदेखि शुरु गर्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

आयोजनामा महानगरपालिका र निर्देशनालय दुवैले संयुक्तरुपमा काम गर्नेछन् । उनले भने, “महानगरपालिकाले आयोजना कार्यान्वयन गर्छ भने निर्देशनालयले प्राविधिक लगायतका सहयोग गर्नेछ ।”

कुमारीपाटी, मङ्गलबजार लगायतका स्थानमा वर्षात्को समयमा पानी जम्ने गरेको प्रवक्ता महर्जनले बताए । पानी पसलभित्र पस्ने, सवारी डुब्ने हुँदा स्थानीयवासी, व्यापारी, सवारी चालक लगायत हैरान हुँदै आएका थिए । वर्षात्को पानी व्यवस्थापनसँगै मेलम्चीको पानी भित्रिएपछि ठूलो परिणाममा निस्कने फोहर पानी व्यवस्थापन हुने उनले बताए ।

आयोजना सञ्चालनका लागि महानगरले टोल सुधार समितिसँग छलफल गरिरहेको छ । उनले भने, “आयोजना निर्माण सकिएर सञ्चालनमा आउँदा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको समस्या पूरै हट्नेछ ।”

आयोजनाको लागतमध्ये ८० प्रतिशत निर्देशनालय र बाँकी २० प्रतिशत खर्च महानगरपालिकाले गर्नेछ । आयोजनाको अवधि १८ महीना रहेको महानगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार ००:००