७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ द्वारा लोकसेवा विधेयक स्वीकृत



पुस १९, धनुषा । प्रदेश नं २ सरकारले कर्मचारीको स्थायी पदपूर्तिका लागि प्रक्रिया थालेको छ । सङ्घीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयक स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरिएको प्रदेश नं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । त्यसैगरी प्रदेश सरकारले माघ १ गते मकरसङ्क्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै मधेश आन्दोलनका शहीदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विसं २०६३ माघ ५ गते मधेश विद्रोहका क्रममा सिरहाको लहानमा रमेश महतोले सहादत प्राप्त गरेको दिनलाई मधेशमा बलिदानी दिवसका रुपमा मनाइँदै आएको छ । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००