६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङका तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम



पुस १९, लमही । दाङका तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाका बबई गाउँपालिका, राजपुर गाउँपालिका र बङ्गलाचुली गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन हुने कार्यक्रम सहजकर्ता श्रीधरकुमार राजभण्डारीले बताए ।

उनका अनुसार आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर देखिएका गाउँपालिकाहरूमा उक्त कार्यक्रम लागू गरिएको हो । कार्यक्रम लागू भएपछि समुदाय, घरपरिवार वा व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसर तथा सामाजिक संरक्षणको पहुँचमा अभिवृद्धि गरी जनताको जीवनस्तर सुधार हुने राजभण्डारीको भनाइ छ । उनका अनुसार कार्यक्रम लागू भएका गाउँपालिकामा जनही ४५ लाखका दरले बजेट पठाइनेछ ।

उक्त बजेटले गरीबी, ज्येष्ठ नागरिक, एकल महिला बालबालिका र अपाङ्गता भएका घरपरिवार, दलित, पिछडिएको समुदाय तथा घरबारविहीन परिवारको शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सीपमूलक तालीम सञ्चालन हुनेछन् । साथै रोजगारी तथा स्वरोजगार सिर्जना, आयआर्जन तथा अभिवृद्धिका कार्यक्रमहरु सञ्चलन हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००