२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

लेखक स्थानीय खबर १९ पुस २०७५, बिहिबार १ मिनेट पढाइ

पुस १९, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका ३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ ।

मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुङ्गा तथा इँटाहरु फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने प्रदेश सांसद अर्जुन केसीले बताए ।

उत्खनन्का क्रममा शिव मन्दिरमा बनाइने शिवको बहान बसाहा भेटिएको र अन्य स्थानमा पनि उत्खनन् गरेर सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने उल्लेख गर्दै उनले स्थानीय तहलगायत प्रदेश सरकारबाट आगामी वर्ष अन्य स्थानमा पनि उत्खनन्का लागि बजेट व्यवस्था गरेर यस सोनवागढ आसपासका सबै ठाउँमा उत्खनन् जारी राख्ने जानकारी दिए ।

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले सोनवागढ उत्खनन् गर्दा फेला परेका पुरातात्विक वस्तु यसै क्षेत्रमा सङ्ग्राहलय निमार्ण गरेर प्रदर्शनीका लागि प्रयास गर्ने बताए । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।