७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेको जानकी गाउँपालिकाको केन्द्र तोकियो



पुस १८, राँझा । लामो समयदेखि अन्योलमा रहेको बाँकेको जानकी गाउँपालिकाको केन्द्र मानपुरमा टुङ्गो लागेको छ ।

आज बसेको चौथो गाउँसभामा वडा नं ३ स्थित मानपुरमा गाउँपालिका केन्द्र तोक्ने प्रस्ताव सर्वसम्मत पारित भएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।

हाल वडा नं ४ खजुराखुद्र्ध स्वास्थ्य चौकीको प्रसूति केन्द्रको भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । मानपुरमा रहेको १३ कट्ठा जमीनमा गाउँकार्यपालिकाको भवन निर्माण गरिने उनले जानकारी गराए ।

भौगोलिक हिसाबले छ वटै वडाको पायक पर्ने भएकाले सबै जनप्रतिनिधि सर्वसम्मत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले बताए । गाउँसभाले गाउँपालिकाभित्रको सडकको मापदण्ड, राजश्व दररेट, शिक्षा समिति गठन, गाउँपालिकाको सभाहल तथा खेल मैदान निर्माणलगायतका निर्णयसमेत पारित गरेको उनले जानकारी दिए ।

वडा नं ६ का अध्यक्ष सुरेश अहिरले गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्दा लामो समयदेखि रहेको अन्योल अब अन्त्य भएको बताए । रासस

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार ००:००