९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहबीच देखिएको सिमा विवादबारे छलफल



पुस १८, धनगढी । कैलाली जिल्लाका कतिपय स्थानीय तहबीच देखिएको सिमाना विवादको समाधानका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा छलफल गरिएको छ ।

विवाद देखिएका स्थानीय तहका प्रमुख र जनप्रतिनिधिको सहभागिता रहेको छलफलमा उनले आपसी समन्वय एवं समझदारी बनाएर देखिएका सीमा विवाद समाधान खोज्न निर्देशन दिए ।

छलफलमा आगामी दिनमा आ–आफ्नो स्थानीय तहको सिमाना यकिन गर्न सम्बन्धित विज्ञको सहयोगमा नापनक्सा भिडाएर अगाडि बढ्ने समझदारी भएको छलफलमा सहभागी गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले बताए ।

प्राकृतिक साधनस्रोत उपयोग गर्ने सवालमा कतिपय क्षेत्रमा स्थानीय तहका बीच सीमा विवाद बढेको देखिएको उनले बताए । खासगरी नदी तथा खोलाबाट बालुवा, ढुङ्गा गिट्टीको सङ्कलनमा आपसमा विवाद सिर्जना देखिन थालेकाले समस्या समाधानका लागि छलफल आरम्भ गरिएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका, लम्कीचुहा र मोहन्यालबीच सीमाका सन्दर्भमा विवाद देखिएको छ । रासस

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार ००:००