३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुराना कुवा संरक्षण गर्दै अन्नपूर्ण गाउँपालिका



पुस १८, पोखरा । अन्नपूर्ण गाउँपालिका कास्कीले सयौँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण गर्न पहल थालिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

स्थानीयवासी समेतको सक्रियतामा कुवा संरक्षण कार्यलाई अघि बढाइने उल्लेख गर्दै उनले यस आर्थिक वर्षका लागि गाउँपालिकाले पाँच लाख बजेट छुट्याएको बताए । अन्नपूर्ण गाउँपालिका २ स्थित रातामाटा कुवा यहाँको झण्डै ४०० वर्ष पुरानो भएको विश्वास गरिने कार्यपालिका सदस्य भगवती भण्डारीले बताइन् ।

गाउँपालिका ५ झोवाङस्थित चिसापानी कुवा, वडा नं ६ लुम्लेस्थित माझखोला कुवा, वडा नं ९ उल्लेरीस्थित उजेली कुवालगायतका झण्डै दुई दर्जन कुवा यस क्षेत्रमा बस्ती शुरु हुँदादेखि नै अस्तित्वमा आएको मानिन्छ । रासस

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार ००:००