१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगदुल्ला गाउँपालिकाद्वारा कृषकलाई चौँरी वितरण



पुस १७, डोल्पा । यहाँको जगदुल्ला गाउँपालिकाले स्थानीय पशुपालक कृषकलाई चौँरी वितरण गरेको छ । एक घर एक व्यवसाय अनुसार पशुपालक कृषकलाई चौँरी वितरण गरिएको हो ।

गाउँपालिकाले प्रत्येक घरधुरीले चौँरीपालन व्यवसायबाटै आम्दानी गरुन् भन्ने उद्देश्यका साथ एक घर एक चौँरी वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

पहिलो चरण अन्तर्गत गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए ।

गाउँपालिकाभरिमा १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि व्यवसाय र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने योजना अनुरुप कूल पाँच करोड ६० लाख बराबरको रकम विनियोजन गरेको उनको भनाइ छ । प्रत्येक घरधुरीलाई दुई चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ वटा स्थानीय सरकारले नै अनुदान प्रदान गरेको छ ।

अनुदानमा दुई चौँरीगाई दिइएको छ र एउटा कृषकले नै किन्नुपर्ने छ, भने बाख्रापालनका लागि १२ वटा अनुदानमा र आठ कृषकले अनिवार्य किन्नुपर्ने छ । आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको नायबसुब्बा केशव जैसीले जानकारी दिए ।

स्थानीय सरकारले एक घर बराबर व्यवसाय गर्नका लागि ९६ हजार ६०० बराबर अनुदान दिने जैसीको भनाइ छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहना अनुसार नै अनुदान दिएकाले सरकारको अनुदानको उपलब्धि निकाल्ने स्थानीय भीमबहादुर बस्नेतले बताए । केही गरेर आम्दानी गर्न खोज्ने कृषकका लागि सुनौलो अवसर भएको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार ००:००