१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड



पुस १७, बलेवा । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका ७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए ।

गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गरेका थिए । क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटालिएको भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले बताइन् । तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

कोरिडोर सेनाले निर्माण गरिरहेको छ । बिना कारण भौतिक संरचनामा तोडफोड भएको भन्दै उपप्रमुख लीला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताइन् ।

“हामीले प्रहरीलाई खबर गरेका छौँ” रानाले भनिन्, “तत्काल दोषी पत्ता लगाएर कारवाही गरिनुपर्छ” शिलालेख र त्यसको आसपासमा सिमेण्टले बनाइको पुलको केही भाग फुटेको छ । रासस

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार ००:००