१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोनम ल्होसार मनाउन गाउँपालिकाले ३ दिन बिदा दिने



पुस १६, काभ्रेपलाञ्चोक । तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिए । उनले भने, “ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएका हौँ ।”

उनका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ । अध्यक्ष लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होसार पर्वमा सार्वजनिक विदा दिएको बताए । नेपाल सरकारले यस वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको थियो ।

तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले यो गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिन बिदा दिइएको जानकारी दिए । रासस

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार ००:००