१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल



पुस १६, जुम्ला । अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइएको छ ।

चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि न्यानो झोला र कम्बल उपलव्ध गराएको हो ।

नगर प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई सुरक्षित मातृत्वको सामग्री हस्तान्तरण गरेका हुन् । उनका अनुसार २५० थान न्यानो झोला र २५० थान कम्बल उपलब्ध गराइएको हो ।

सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनका लागि प्रेरित गराउने उदेश्यले उक्त कामको थालनी गरिएको प्रमुख सेजुवालले बताए । “अहिले नगरपालिका क्षेत्रका ३२ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने गरेको तथ्याङ्कमा देखिएको छ,” उनले भने, “अब शतप्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी गराउन आउनुपर्ने अवस्थाको सिर्जना गर्दैछौँ ।”

अहिलेसम्म नगरपालिकाबाट प्रविधितर्फ तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चका लागि ३० लाख उपलव्ध गराइसकिएको छ । पहिलो गर्भ जाँचदेखि सुत्केरी भएको ४२ दिनसम्म गर्नुपर्ने स्याहारका बारेमा सबैलाई जिम्मेवार बनाउँदै आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालनमा रहेका उनको भनाइ छ । रासस

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार ००:००