५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ मा स्वयमसेवक खटाइने



पुस १६, हेटौडा । प्रदेश नं ३ सरकारले निश्चित दक्षता हासिल गरेका करीब २०० युवालाई स्वयंमसेवीको रुपमा परिचालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार यही महीनाबाट स्वयंमसेवक परीचालन शुरु हुन लागेको हो ।

यो कार्यक्रमले प्रदेशको कर्मचारी समस्यालाई केही हदसम्म भए पनि कम गर्ने भएको छ । स्वयंमसेवाको माध्यमबाट प्रदेशको सेवा प्रवाह तथा विकास निर्माणमा योगदान गराउन भन्दै सामाजिक विकास मन्त्रालयले मन्त्रिपरीषद्को स्वीकृति लिएर यस सम्बन्धी कार्यविधि निर्माण गरेको हो ।

कार्यविधि अनुसार स्वास्थ्य, समीक्षा, महिला, किशोरकिशोरी, खेलकूद, बालबालिका, ज्येष्ठ नागरिक सुरक्षा, कृषिसेवा, पशुसेवा, वन तथा जडीबुटी, वातावरण संरक्षण, प्राकृतिक प्रकोप जोखिम व्यवस्थापन लगायतको क्षेत्रमा स्वयंमसेवक परीचालन गरिने छ ।

मन्त्रालयका अनुसार ४० शिक्षक, नौ डाक्टर, नौ हेल्थ असिष्टेण्ट, नौ स्टाफ नर्स, चार अनमी, नौ फर्मासिस्ट तथा रेडियोग्राफर, १७ सडक मानव सहजकर्ता, १५ बालविवाहमुक्त अभियानकर्ता, ५२ खेल प्रशिक्षक, १६ कृषि प्राविधिक तथा १३ पशु प्राविधिकलाई स्वयंमसेवकको रुपमा परिचालन गरिने छ ।

स्वयंमसेवकको सेवा सुविधा पनि कार्यविधिमा उल्लेख गरिएको छ । स्वयंमसेवीलाई निर्वाह खर्च उपलब्ध गराइने मन्त्रालयका उपसचिव युवराज बगालेले बताए । रासस

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार ००:००