१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग



पुस १६, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवर्द्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु¥याउन माग गरेका छन् ।

हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठौँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी कायम गर्न, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ११ औँ तहको आयुर्वेद विज्ञको व्यवस्था गर्नुपर्ने रहेका छन् ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई तीन निकायका उच्च पदाधिकारीले आइतबार भेट गरी आफ्ना माग पूरा गर्न आग्रह गरे ।

स्वास्थ्य सचेतना कार्यक्रम

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो वार्षिकोत्सवका अवसरमा काभ्रे जिल्लाको बनेपामा विशेष स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ ।

आइतबार सम्पन्न सो सचेतना कार्यक्रममा अस्पतालका उपनिर्देशक तथा अर्थोपेडी–स्पाइन सर्जन डा विनोद विजुक्छे, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा समीरा शफी खान, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा सन्देश पन्थी लगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए ।

अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य जनचेतनाका सचेतना कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।

मानिसका हुने ढाडको समस्या र समाधानका उपायमा डा विजुक्छे, महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र जोगिने उपायमा डा खान तथा थाइराइड हर्मोनका कारण हुने समस्यामा डा पन्थीले चेतनामूलक प्रस्तुति दिएका थिए । रासस

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार ००:००