२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती सोनारी गाउँपालिकाः आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना

लेखक स्थानीय खबर १० पुस २०७५, मंगलबार १ मिनेट पढाइ

पुस १०, नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रको हस्तान्तरण गरे ।

स्थानीय विपद् व्यवस्थापन समितिले सञ्चालन गर्ने केन्द्रले गाउँपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुनसक्ने विपद्बाट सर्वसाधारणको जिउ, निजी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचना जोगाउन मद्दत पुग्ने बताइएको छ ।

स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्ने राप्ती सोनारी गाउँपालिका बाँकेमा पहिलो भएको छ । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राप्ती नदी तथा अन्य नदीनालाबाट कटान डुबानजन्य प्रकोप हुने गरेकाले मानवीय तथा भौतिक संरचनाको क्षति कम गर्न केन्द्र स्थापना गरिएको बताए ।

केन्द्र सञ्चालनका लागि ‘सेभ द चिल्ड्रेन’ र बाँके युनेस्को क्लबले आवश्यक उपकरण तथा अन्य जिन्सी सामान उपलब्ध गराएको क्लबका कार्यक्रम अधिकृत दीपेन्द्र चौधरीले जानकारी दिए । रासस

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।