पुस ९, खस्यौली । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई ५ हजार रुपैयाँसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ गरि अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने छ । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए । रासस
प्रतिक्रिया