१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परियोजना बैंक कार्यान्वयन गर्छौँः मुख्यमन्त्री पौडेल



पुस ८, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनमा लैजाने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईतबार हेटौंडामा आयोजना गरेको छलफलमा उनेले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सात वटै मन्त्रालयले गर्ने कामको योजनालाई परियोजना बैंकमा राखेर मात्र प्रक्रिया अगाडि बढाइने पौडेलले बताए ।

योजना बेग्लाबेग्लै आफूखुशी आउन लागेको भन्दै परियोजना बैंकमा समावेश योजनालाई प्राथामिकतामा राखेर मात्र प्रक्रिया अगाडी बढाईने पौडेलले जानकारी दिए ।

“व्यक्तिगत इच्छाबाट आउने योजनालाई निरुत्साहित गर्दै सँस्थागत योजना कार्यान्वयनमा परियोजना बैंकको भूमिका महत्वपूर्ण हुनेछ,” पौडेलले भने, “चालू आर्थिक वर्षको योजना शुरु भइसकेकाले आगामी आर्थिक वर्षमा परियोजना बैंकका योजना कार्यान्वयनमा लैजाने प्रदेश सरकारको तयारी छ ।”

चालू आवभित्र नै परियोजना बैंक निर्माण गर्ने तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिए । बैंकको स्थापनापछि व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक आवश्यकका आधारमा छनोट गर्ने र कार्यान्वनका चरणमा लैजाने सरकारले योजना अगाडि सारेको छ ।

परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तीब्रता दिन लागिएको हो ।

बैंकको पहिलो चरणको खाका तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केवल भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्तुत गरि सकेका छन् । रासस

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार ००:००