९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माथागढी गाउँपालिकामा २८० सुत्केरीलाई पोषण खर्च वितरण



पुस ९, बेझाड । पाल्पालको माथागढी गाउँपालिकाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलालाई सुत्केरी पोषण खर्च रकम प्रदान गरिरहेको छ ।

गाउँपायलकालाई शून्य होमडेलिभरी बनाउन पोषण भत्तावावपत प्रीतब्यक्ति साढे २ हजार रुपैयँ प्रदान गरिएको छ । भत्ता पाउनका लागी लाभग्राहीले मान्यताप्राप्त स्वास्थ्य सँस्थामा मात्र सुत्केरी गराउनु पर्ने व्यवस्था छ ।

गाउँपालिकाले गत वर्ष २ सय ८० महिलालाई साढे २ हजार रुपैयाँका दरले सुत्केरी पोषण खर्च वितरण गरिएको थियो ।

यस आर्थिक वर्षको साउनबाट हालसम्म १ सय १४ जना सुत्केरीलाई रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । “स्वास्थ्य सँस्थामा गएर सुत्केरी गराउने परिपाटीलाई स्थापित गराउन र गाउँपालिकालाई शून्य होमडेलीभरी गाउँपालिका घोषणा गर्न यो कार्यक्रम सञ्चालन गरेका हौं,” थापाले भने ।

यसवर्ष गाउँपालिकाले सुत्केरी पोषण खर्च कार्यक्रमअन्तर्गत ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । यसअघि गाउँपालिकाको ८ मध्ये ७ वटा वडामा मात्र स्वास्थ्यचौकी थियो । अहिले वडा नं ५ मा मा पनि स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाअन्तर्गतका वडा नं २ को रुप्से, ४ को झडेवा र ८ को बहादुरपुर स्वास्थ्यचौकीबाट सुत्केरी सेवा सञ्चालन भइरहेको छ भने वडा नं ३ र ८ मा तत्काल सुत्केरी सेवा सञ्चालमा ल्याउने तयारी छ ।

गाउँपालिकाले सुत्केरी पोषण खर्च कार्यक्रम शुरुआत गर्न थालेपछि पछिल्लो समय स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले बताए ।

वडा नं ३ को कसेनी प्रदेश नं ५ कै पहिलो शून्य होमडेलीभरी वडा घोषणा भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शून्य होमडेरीभरी अभियानलाई जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

जिल्लामा हाल स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर ९६ प्रतिशत छ । अब ४ प्रतिशत दरलाई शून्यमा पु¥याएर शून्य डोलीभरी जिल्ला घोषणा गर्ने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

निकट भविष्यमा नै पाल्पालाई शून्य होमडेलीभरी जिल्लाका रुपमा घोषणा गर्ने गरी यस कार्यमा निरन्तर रुपमा स्वास्थ्यकर्मी लागेका छन् । रासस

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार ००:००