२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सडक निर्माणमा ध्यान पु¥याउन सकिएन’



पुस ६, भद्रपुर । प्रदेश नम्बर १ का सङ्घीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सडक निर्माणमा पर्याप्त बजेट तथा ध्यान पु¥याउन नसकिएको बताएका छन् ।

जिल्ला समन्वय समिति झापाले चन्द्रगढीमा आयोजना गरेको कार्यक्रममा उनले झापाका सडक ५५ प्रतिशत मात्र सन्तोषजनक भएको बताए । मन्त्री कार्कीले भने, “प्राविधिक लापर्वाहीका कारण ४५ प्रतिशत सडक कमजोर छन् ।”

तत्काल प्रदेश सरकारले कानून बनाएर सडक निर्माणमा हुने कमजोरीलाई अन्त्य गर्ने बताउँदै उनले ढिलासुस्ती गर्ने ठेकेदारलाई समेत कारवाही गर्ने बताए । रासस

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार ००:००