१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन राष्ट्रिय निकुञ्ज र माडी नगरपालिकाबीच सहमति



पुस ४, रामपुर । चितवन राष्ट्रिय निकुञ्ज र माडी नगरपालिकाबीच बाली बिमा, क्षतिपूर्ति, नदीजन्य सामग्रीको प्रयोग लगायतका विषयमा ६ बुँदे सहमति भएको छ ।

निकुञ्ज र नगरपालिकाबीच बुधबार भएको सहमतिअनुसार यही पुस र आगामी माघमा नगरपालिकाले पाँच वटा नदीजन्य सामग्रीको प्रयोग गर्न पाउने छ । सहमति अनुसार नगरपालिकाले मगुई, चन्द्रे, घाँघर, बगही र चितही खोलाको गिट्टी, बालुवा तथा ढुङ्गा उत्खनन् गर्न पाउने छ । रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी उत्खनन् गर्नुपर्ने छ ।

निकुञ्जबाट प्रभावित भएका र बालीनालीको क्षतिपूर्ति दिलाउन बाली बीमा गर्न पनि नगरपालिकाले पहल गर्ने तथा निकुञ्जले सहयोग गर्ने सहमति पनि भएको नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

रिउ खोलाको तिरमा निर्माण भइरहेको घाँसेमैदानको विषयमा निकुञ्ज, नगरपालिका र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक एवं विज्ञसँग छलफल गरी आपसी समन्वयमा काम गरिने भएको छ ।

हात्ती नियन्त्रण गर्न गरिएको प्रयासलाई निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र नगरपालिकाको समन्वयमा प्रभावकारी रुपमा काम अगाडि बढाइनेछ । साथै, क्रसर तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का लागी थप छलफल गरिने ढकालले जानकारी दिए ।

नगरपालिकाले स्रोत प्रयोग गर्न नपाउँदा सडक र ९ वटा पुल निर्माणमा समस्या भएको थियो । उक्त सहमतिबाट नगरपालिकालाई सहज हुने भएको छ । रासस

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार ००:००