१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकास सम्भव छः मुख्यमन्त्री पौडेल





पुस ४, धादिङ । विकासका लागि आवश्यक बजेटको कमी नभएको हुँदा इच्छाशक्ति भए गाउँगाउँमा विकास गर्न सकिने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

मध्य धादिङको सिद्धलेक गाउँपालिका–४ बुङचुङमा बुधबार गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गाउँगाउँमा बजेट पठाएकाले विकास बजेट सदुपयोग गर्न आग्रह गरे ।

प्रदेश नं. ३ का सम्भावना, सम्पत्ति र स्रोत भएकाले पैसाको मात्र आवश्यकता नभइ इच्छाशक्ति भए जनताले अनुभव गर्नेगरी विकास गर्न सकिने बताउनुभयो । ‘हिरा नचिनेर फलाम खोजिरहेको’ बताउँदै उनले सबै नागरिक मिलेर उत्पादनतर्फ लाग्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश नं. ३ का मन्त्री शालिकराज जम्मकट्टेल, सांसद खेमप्रसाद लोहनी, प्रदेशसभा सदस्य भूमि त्रिपाठीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सिद्धलेक गाउँपालकाले १५ रोपनी क्षेत्रफलमा सबै शाखा अट्नेगरी १ करोड ८७ लाख रुपैयाँमा भवन निर्माण गरेको प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताए । रासस

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार ००:००