२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य शिविरमा ५ सय जनाको उपचार



पुस ४, बेझाड । पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५ सय ५६ जनाको उपचार गरिएको छ । सोमबार २ सय ६० जनाले र मङ्गलबार २ सय ९६ जनाले शिविरबाट उपचार पाएका छन् ।

रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको बताए । “स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,” उहाँले भने ।

रामपुर नगरपालिकाको समन्वय र वडा नं ६ को व्यवस्थापनमा चण्डेश्वरी आयुर्वेदिक प्रालि, काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आयुर्वेद विभागका पूर्वमहानिर्देशक शेषराज आचार्यसहितको टोलीले आयुर्वेदिक पद्धतिको अध्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण गरेको थियो ।

अनुदानमा हाते ट्याक्टर

पाल्पाको पूर्वखोला गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ रिङ्नेरहमा साविकका नौ वडाका कृषक समूहलाई एक/एक हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष निलकण्ठ भट्टराईले जानकारी दिए ।

गाउँपालिकाका छ वडामा ५३ हाते ट्याक्टर वितरण गरिएको छ । गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा बताउँछन् । रासस

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार ००:००