१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिंसा न्यूनीकरणमा स्थानीय सरकार संवेदनशील हुनुपर्छः अध्यक्ष शर्मा



मंसिर २३, काठमाडौं । राष्ट्रिय महिला आयोगले पछिल्लो एक वर्षमा १ हजार २७५ लैङ्गिक हिंसाका उजुरी आयोगमा दर्ता भएको जनाएको छ ।

आयोगले हिंसा न्यूनीकरण गर्न एक वर्ष अगाडि स्थापना गरेको हेल्पलाइनमा सो सङ्ख्यामा पीडितका उजुरी दर्ता भएका हुन् । आयोगमा आव २०७३/०७४ मा १ सय २५ मुद्दा दर्ता भएका थिए । आयोगले आफ्ना साझेदार संस्था र अन्य निकायमार्फत ३ सय २ जनालाई कानूनी परामर्श दिएको छ । विगतमा हेल्पलाइनको व्यवस्था थिएन । हाल १ हजार १४५ मा फोन गरेर हिंसाबारे आयोगलाई जानकारी गराउन सकिन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्बोधन पत्रिकाको आईतबार विमोचन गर्दै दण्डहीनताका कारण दिनदिनै हिंसाका घटना बढ्दै गएकाले घटना न्यूनीकरण गर्न अब स्थानीय सरकार संवेदनशील हुनुपर्ने बताए ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले हिंसासम्बन्धी घटना बाहिर आएपछि आफ्नो संस्थाले प्रभावितका लागि मनोसामाजिक, कानूनी, आश्रयगृह, बालसंरक्षण, अत्यावश्यक औषधोपचार, मध्यस्थता तथा अन्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । रासस

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार ००:००