१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा प्रहरीलाई सिसीटिभी प्रदान



मंसिर १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई शनिबार १८ वटा सिसिटिभी र एक थान कम्प्युटर मनिटर हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर मातहत रहने प्रहरी प्रभाग काँडाघारीलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ती सुरक्षासम्बन्धी उपकरण प्रदान गरिएको हो ।

नगरप्रमुख कृष्णहरि थापाले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामालाई करीब ११ लाख रुपैयाँ बराबरको १८ थान सिसिटिभी क्यामेरा र एक थान कम्प्युटर मनिटर हस्तान्तरण गरेका छन् ।

प्रहरी प्रभाग काँडाघारीमा मनिटर रहने र कागेश्वरी मनोहराको ९ नं वडाका विभिन्न व्यस्त चोकमा ती सिसिटिभीहरू जडान गरिएको छ । रासस

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ००:००